खामेनीको मृत्यु भएको इजरायली र अमेरिकी सञ्चारमाध्यमको दाबी, के भन्छ इरान ?

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निवासमा भएको आक्रमणपछि उनको वास्तविक अवस्थालाई लिएर विरोधाभासपूर्ण रिपोर्टहरू सार्वजनिक भएका छन्।  बीबीसीका अनुसार खामेनीको निवासलाई लक्षित गरी गरिएको पहिलो चरणको आक्रमणपछि सार्वजनिक भएका भू-उपग्रह (स्याटेलाइट) तस्बिरहरूले उनको परिसरमा व्यापक क्षति भएको देखाएका छन्।  आक्रमणको सुरुवाती समयमा इरानी अधिकारीहरूले उनलाई सुरक्षित स्थानमा लगिएको बताएका थिए। केही समयपछि उनले सरकारी टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्ने खबर बाहिरिए पनि अन्ततः कुनै सामग्री सार्वजनिक हु...