इरानका अन्तिम शाहका निर्वासित छोरा रेजा पहलवीले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी सार्वजनिक भएपछि प्रतिक्रिया दिएका छन्। उनले अब राष्ट्रिय उत्सव सुरु भएको बताएका छन्। पहलवीले खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र ‘जहाक’सँग तुलना गर्दै हजारौँ इरानी युवायुवतीको हत्याका लागि जिम्मेवार व्यक्ति भएको आरोप लगाए। उनले खामेनी अब इतिहासको पानाबाट मेटिएको दाबी गरे। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्र व्यवहारिक रूपमा समाप्त भइसकेको छ र यो छिट्टै इत...