अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका छन् । आइतबार बिहान ट्रुथ सोसलमा ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेखे, 'इतिहासका सबैभन्दा दुष्ट मानिसहरूमध्ये एक खमेनी अब मरेका छन् । यो इरानका जनताका लागि मात्र होइन, तर विश्वभरका धेरै देशका महान अमेरिकीहरू र जनताका लागि पनि न्याय हो।' यद्यपि, इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारि...