इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको परिवारका सदस्यहरू मारिएका छन्। इजरायल र अमेरिकाको हवाइ आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिएका हुन् । सर्वोच्च नेताको सचिवालयका उच्च स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको रिपोर्टमा उक्त सैन्य प्रहारमा खामेनीकी एक बुहारीको समेत ज्यान गएको उल्लेख छ। यसअघि परिवारका सदस्यहरूको सुरक्षाबारे विभिन्न दाबी गरिए पनि अहिले सरकारी निकटका सञ्चारमाध्यमले नै यो खबरको पुष्टि गरेका हुन्। इरानी सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स'सँग निकट मानिने फार्स न्यु...