हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम का हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी का पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा तुँवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा मौसम सफा रहनेछ । तराई भूभागमा मौसम मुख्...