चीनले भन्यो- इरानमाथिको आक्रमणले नागरिक सुरक्षाको सीमा नाघ्यो

 संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सुरक्षाका लागि निर्धारण गरिएको सीमा नाघिएको बताएका छन्। सम्बोधनका क्रममा उनले आक्रमणमा सर्वसाधारणको हताहती भएको खबरप्रति दुःख व्यक्त गर्दै सैन्य शक्तिको अन्धाधुन्ध प्रयोग अस्वीकार्य रहेको स्पष्ट पारे। उनले क्षेत्रमा तनाव थप बढ्न नदिन तथा अवस्था भयावह हुनबाट जोगाउन तत्काल सैन्य कारबाही रोक्न आग्रह गरेका छन्। &lsq...