गुरुग्रामस्थित मेदान्त- द मेडिसिटी भारतकै नम्बर १ अस्पताल घोषित भएको छ । न्युजविकले सार्वजनिक गरेको विश्वका सर्वोच्कृष्ट अस्पताल-२०२६ को सूचीमा मेदान्त अस्पताल भारतमा एक नम्बरमा परेको हो । यो सम्मान अस्पतालले लगातार सातौँ वर्ष हासिल गरेको हो । सन् २०२६ को सूचीमा भारत, अष्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, सिंगापुर, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकासहित ३२ देशका २ हजार ५ सयभन्दा बढी अस्पतालको मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कनका आधारमा हजारौँ चिकित्सा विशेषज्ञहरूको सिफारिस, बिरामीको अनुभवसम्बन्धी तथ्यांक, अस्पतालको ...