सर्वोच्च नेता खामेनीको मृत्यु भएको औपचारिक पुष्टि

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ।  इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।   ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।  अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको बताइएको छ ।