इरानका सर्वोच्च नेता, अयातोल्लाह अली खमेनीले २०२४ मा आफ्नो दोस्रो छोरा, मोज्तबा खमेनीलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेका थिए। खमेनीले बिरामीको कारणले यो निर्णय गरेका थिए, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन। रिपोर्टहरूका अनुसार, इरानको विशेषज्ञ सभाले सेप्टेम्बर २६, २०२४ मा नयाँ सर्वोच्च नेताको चयन गरिसकेको थियो । खमेनी आफैंले गोप्य रूपमा उत्तराधिकारीको निर्णय गर्न सभाका ६० सदस्यहरूको बैठक बोलाएका थिए । सभाले मुज्तबाको नाममा सर्वसम्मतिले सहमति जनाएको थियो । अब, खमेनीको मृत्युको खबरसँगै, मुज्तबा सर्वोच्च...