इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो । आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए। यसबाहेक सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको छ । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो । ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा...