इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

इरानको सरकारी टिभीले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी टिभी प्रस्तोताले खमेनीको मृत्युको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  उनले देशमा ४० दिनको शोक अवधिको घोषणा गरेको समाचारमा उल्लेख छ । यसबाहेक सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको छ ।  शनिबार, अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरेका थिए । आइतबार बिहान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खमेनीको मृत्युको दाबी गरेका थिए । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छ...