मध्यपूर्वमा तनाव–नेपालसम्म प्रभाव, इरानका सर्वोच्च नेता नै मारिए

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ।  इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो ।   ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । ०००० मध्यपूर्व क्षेत्रमा विकसि...