फेरि पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।  चुनावको बेला विभिन्न किसिमका भ्रम फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।  जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकारीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको बताए ।  उनलाई पक्राउ गर्न आइतबार बिहानै प्रहरीको टोली पुगेको थियो । यसअघि पनि उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लो समय उनले पूर्वराजालाई जोडेर भ्रमपूर्ण प्रचार गरेको आरोप छ ।