इरानको सरकारी सञ्चारमाध्यमले शनिबार बिहान भएको इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को तर्फबाट जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार खामेनीको उनकै कार्यालयमा मृत्यु भएको हो। यो खबर सार्वजनिक भएपछि इरानी सरकारी टेलिभिजनका समाचार वाचकले रुँदै देशमा ४० दिने शोकको घोषणा गरेका छन्। रेड क्रिसेन्टका अनुसार यस आक्रमणमा परी अहिलेसम्म २०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले करिब ४० जन...