अमेरिका र इजरायली आक्रमणको जवाफमा इरानले ड्रोन र मिसाइल आक्रमणहरू गरिरहेको छ । यी आक्रमणहरूले इजरायलसहित मध्य पूर्वका नौ देशहरूलाई लक्षित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार इरानले इजरायलमा लगभग ४०० मिसाइलहरू प्रहार गरेको छ । इरानले कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरेको छ । यसबाहेक, इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईमा पनि आक्रमण गरेको छ । इरानले दुबईको पाम होटल एण्ड रिसोर्ट र बुर्ज खलिफा नजिकै ड्र...