इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (इरानी सेना)ले अमेरिकी अड्डा र इजरायलमा अहिलेसम्मकै खतरनाक आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको फार्स समाचार एजेन्सीका अनुसार, इरानी सेनाले विज्ञप्ति जारी गर्दै खतरनाक कारबाही शुरू गर्ने घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाको इतिहासको सबैभन्दा खतरनाक आक्रमण केही क्षणमा कब्जा गरिएका क्षेत्रहरू र अमेरिकी आतंकवादी अड्डाहरूतर्फ शुरू हुनेछ।' यो चेतावनी त्यस्तो समयमा आएको हो, जब इरानको सरकारी मिडिया च्यानलले इरानका सर्वोच्च ने...