रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । विक र बस्नेतसहितका नेताहरू रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरे ।