हाम्रो पेको अत्याधुनिक अनलाइन भुक्तानी समाधान सेवा, शुरूआती ६ महिनासम्म कुनै शुल्क नलाग्ने

हाम्रो पात्रोको डिजिटल वालेट 'हाम्रो पे'ले व्यवसायीहरूका लागि अत्याधुनिक भुक्तानी समाधान सेवा सार्वजनिक गरेको छ।  हाम्रो पेले ‘नेपाल पे क्यूआर’सँगको सहकार्यमार्फत इन्टर-अपरेबल क्युआर सेवा शुरू गरेको हो, जसले जुनसुकै मोबाइल बैंकिङ एप वा डिजिटल वालेटबाट सहजै भुक्तानी स्वीकार गर्न सक्ने छ । यो सुविधाले व्यवसायीलाई कुनै एउटा वालेटमा मात्र सीमित नभई देशभरका ग्राहकहरूसँग सहज कारोबार गर्ने स्वतन्त्रता प्रदान गर्ने हाम्रो पेले जनाएको छ ।  व्यवसायहरूले सहज रूपमा अनलाइन भुक्तानी प्रणाली अपना...