रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) एण्ड हार्ट टु हार्ट गल्फ प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि शिभांकजंग थापाले जितेका छन् । काठमाडौंको एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा ४१ अंकको प्रभावशाली स्कोरका साथ थापा विजेता विजेता बनेका हुन् । स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप फर्म्याटमा खेलिएको प्रतियोगितामा ३४ अंकका साथ विष्णुबहादुर कार्की उपविजेता बने । ३४ अंकका साथ सरोज थापाले ग्रस विजेताको उपाधि हात पारे। महिला विधामा ३० अंकका साथ अवनी राईले उपाधि जितिन् । सिनियर विधामा मदन राण...