कांग्रेसका उम्मेदवारलाई मतदान गर्न पूर्ण खड्काको आग्रह

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने निर्वाचनमा रुख चिह्नमा मतदान गर्न सबैलाई आग्रह गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक अपिल जारी गर्दै खड्काले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गरेका हुन्   खड्का यसपटक चुनावी मैदानमा छैनन् । हालसम्म उनी मौन रहेका थिए । विशेष महाधिवेशनपछि गगन कुमार थापा सभापतिमा निर्वाचित भएपछि खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफू रिट निवेदक भएको भन्दै उनले निर्वाचन नउठ्ने...