हिमपातले सडक यातायात अवरुद्ध, हुम्लाका चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ओसारिँदै

हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायत सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए । उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्...