यसपटक घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा भोट हाल्ने भनेर बसेका धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय युवक (रेग्मी थर) पछिल्लो समय दोधारमा छन् । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेकी आशिका तामाङसँग राजनीतिक अनुभव नभएको भन्दै उनी दोधारमा परेका हुन् । पछिल्लो समय उनको मन थोरै बदलिएको छ, अब प्रत्यक्षतर्फ रूख (नेपाली कांग्रेसका कृष्ण रिजाल) र समानुपातिकतर्फ घण्टीमा भोट हाल्ने मन बनाएको उनले खुलाए । ‘राजनीतिक अनुभव भएन । बोल्ने शैली पनि छैन । केही एजेन्डा दिन सकेको छैन, त्यसैले प्रत्यक्...