इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अमेरिका र इजरायली आक्रमणमा मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यमले पुष्टि गरेका छन् । अमेरिका र इजरायलले शनिबार इरानमा ठूलो आक्रमण गरेपछि खमेनीको मृत्युको खबर आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा खमेनीको मृत्युको घोषणा गरेका थिए । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खमेनीको तेहरानस्थित निवास शक्तिशाली आक्रमणमा ध्वस्त भएको र उनको मृत्यु भएको बताएका थिए । राज्यस्तरीय टिभी च्यानलहरूका अनुसार कार्यालयमा आफ्नो काममा व्यस्त हुँदा ...