काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष र अन्य सात गरी कुल सात लाख १० हजार ७०८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा २२ वटा मतदानस्थल र मतदान केन्द्र ५७ छन् । यहाँ २...