नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब देश बचाउने कि नबचाउने भन्ने कित्ताकाट गर्ने बेला आएको बताएका छन् । चुनावको मुखमा आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले निर्माण वा विध्वंसको कुन बाटो रोज्ने भन्ने कित्ता स्पष्ट पार्ने बेला आएको बताएका हुन् । मतदाताले देश बनाउने बाटो रोज्ने उनको विश्वास छ । 'अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसका लागि बोल्नुभएन भने इतिहासले होइन, तपाई...