नेपाल टेलिकमले 'ग्रुप एसएमएस' : एकैपटक १० हजार सन्देश पठाउन सकिने

नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकले एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिन्छ । एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरूले पहिलेदेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ । यस अन्तर्गत १ हजार...