स्रोत नखुलेको पाँच लाखसहित सिराहामा एक जना पक्राउ

स्रोत नखुलेको पाँच लाखसहित सिराहा एक जना पक्राउ परेका छन् ।  लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स ७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्ध...