दश वर्षे सशस्त्र द्वन्द्वको आधार क्षेत्र मानिने रोल्पा यही फागुन २१ गते हुने निर्वाचनसँगै नयाँ नेतृत्वको पर्खाइमा छ । रोल्पाको नेतृत्वको बहस प्राय: पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिसँग पनि जोडिएर हेर्ने गरिन्छ । लुम्बिनी प्रदेशका अन्य जिल्लाको तुलनामा विकासमा पछाडि रहेको जिल्लाबाट निर्वाचित नेतृत्व पटक–पटक सत्तामा पुगे । तर, परिवर्तनको नेतृत्व गरेको रोल्पामा आधारभूत विकासका काम भए पनि रोजगारी र सुशासनको प्रत्याभूति जनताले अनुभूत गर्न सकेका छैनन् । २१ फागुनमा हुने निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा फेरि...