मध्य पूर्वका अमेरिकी बेसमा इरानी आक्रमण

इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी बेसलाई निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार, इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको हो ।  इरानले आफ्ना लडाकु विमानहरूले खाडी देशहरू र इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाएको बताएको छ। साउदी अरबको राजधानी रियादको पूर्वी भागमा विस्फोटको सुनिएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार, स्थानीय बासिन्दाहरूले धेरै ठूला विस्फोटहरू सुने र आकाशमा धुवाँ उडिरहेको देखे । इरानको क्षेप्यास्त्र आक्रम...