पाकिस्तानको कराँची शहरमा रहेको संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावास नजिक इरानको समर्थनमा भएको प्रदर्शनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि शुरू भएको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटना भएको एक अधिकारीले बताएका छन् । आइतबार बिहान सयौं इरान समर्थक प्रदर्शनकारीहरूले दूतावासमा आक्रमण प्रयास गरेपछि उनीहरूलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएका थिए । घटनामा कैयौं व्यक्ति घाइते भएका छन् । कराँचीको सिभिल अस्पतालकी प्रहरी सर्जन डा. सुम्मैया सैय...