काठमाडौंमा पेस्तोलसहित २ जना लागूऔषध कारोबारी पक्राउ

प्रहरीले काठमाडौंमा पेस्तोलसहित २ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-७ स्थित चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका-४ भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका-४ बस्ने ५३ वर्षीय टकबहादुर गुरुङ र बन्दीपुर-७ ठेगाना भई काठमाडौंको टोखा नगरपालिका-८ प्रगतिनगर बस्ने ७० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् । उनीहरूको साथबाट लागूऔषध एम्फेटामाइन ३०१ ग्राम ४९० मिलिग्राम, डिजिटल तराजु दुई थान, नाइन एम...