निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध छौं- नेपाली सेना

नेपाली सेनाले यही फागुन २१ गते हुने निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गरेर निर्वाचन सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि निर्वाचनको क्रममा मतदान समापन भएपश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि एवं नेपाली सेनासहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेट...