‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जना पक्राउ

प्रहरीले भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय प्रकाश भट्ट रहेका छन् ।  उनले ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना जारी गरेको प्रहरीले जनाएको छ ।  नकारात्मक तथा गलत सूचना प्रवाह गरी सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको जनाएको छ ।  पक्राउ परेका भट्टमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ द...