चुनावको पूर्वसन्ध्यामा कांग्रेसमा फर्किनेको लहर, विश्लेषक भन्छन्- नेतृत्व फेरिँदा माहोल बदलियो

आइतबार रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरे । सुर्खेतमा आयोजित  कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई स्वागत गरे । ७ फागुन बिहीबारका दिन काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रभावशाली उपस्थिति रहेका रास्वपाका दुई नेता कांग्रेस प्रवेश गरे । २०७९ मा रास्वपाबाट यो क्षेत्रमा चुनाव लडेका डा. प्रणय शमशेर राणा मात्र होइन, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी कांग्रेस प्रवेश गरे । यसको प्रत्यक्ष लाभ काठमाडौं ५ बाट उम्मेदवार बनेका ...