प्रधान सेनापति अशोकराज सिग्देलले आइतबार हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् । त्यसक्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिए । उनले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गरेको निर्देशनालयले जनाएको छ ।