मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताएका छन् ।  नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा शनिबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिति अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए ।  ‘पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मुख्य संकल्प लिएर अघि बढेको छ’, सभापति थापाले भने, ‘अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छ...