नेपाली कांग्रेस गोरखाले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा पार्टीका उम्मेदवारको चरित्र हत्या गर्ने गरी भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको छ। निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीतका गतिविधि बढेको भन्दै कांग्रेस गोरखाले आइतबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो। जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा गोरखा क्षेत्र नं. १ का उम्मेदवार प्रेम कुमार खत्रीको विरुद्धमा नियोजित रूपमा दुष्प्रचार गरिएको उल्लेख छ । एसई दि हिमालयका सञ्चालक ...