आचारसंहिता उल्लंघन भएकोप्रति कांग्रेसले बुझायो निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।  कांग्रेसले विभिन्न ठाउँमा आचारसंहिता उल्लंघन भएको विषयमा आइतबार आयोग कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।  कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा आयोग गएको टोलीले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ती बुँदाहरूमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको...