सुनसरी-३ मा भगबती चौधरीको घरदैलो अभियान तीब्र

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले घरदैलो अभियान तीब्र पारेकी छन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरू हुने समय नजिकिँदै गर्दा चौधरीले आफ्नो अभियानलाई तीब्र बनाएकी हुन् ।  चौधरी अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन् । उनले त्योबेला ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गर्दा उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका थिए । कांग्रेसबाट अहिले पनि उनै विजय उम्मेदवार छन् । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाल...