प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको कोशीपूर्वका बासिन्दाले बहुप्रतिक्षीत सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन आग्रह गरेका छन् । घरदैलोमा आउने उम्मेदवारसँग स्थानीयले सो आयोजना छिटो सम्पन्न गर्न माग गरेका हुन् । स्थानीयले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारी, आधुनिक कृषि र बजार व्यवस्थालगायत विषयमा प्रतिबद्धता सार्वजनिक गर्न पनि उम्मेदवारसँग माग गरेका छन् । प्रमुख दलका उम्मेदवारले ‘समृद्ध कोशीपारी’ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । एमाल...