नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवं सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन्  । सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवं अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ ।  हाल बैंकमा ३०० जना कर्मचारी कार्यरत रहेका छन् भने ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।