राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले पार्टीको नीति र हित विपरित कार्य गरेको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा जिल्ला कार्य समिति रुपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै थापालाई आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको जानकारी दिएको हो । थापामाथि व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा परी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ । जिल्ला सभापति सागर प्रता...