अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले ओमानको खाडीमा रहेको इरानको एक शक्तिशाली युद्धपोतलाई ध्वस्त पारिदिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार ओमानको खाडीस्थित चाबाहार बन्दरगाहमा रहेको इरानी 'जमारन-क्लास कोर्भेट' युद्धपोतलाई अमेरिकी सैन्य कारबाहीमा जलमग्न गराइएको हो। रोयटर्सका अनुसार यो आक्रमण इरानविरुद्ध भइरहेको अमेरिकी सैन्य अभियानको एक हिस्सा हो। सेन्ट्रल कमाण्डले उक्त कारबाहीको पुष्टि गर्दै इरानी सशस्त्र बललाई तत्काल आफ्ना हतियारहरू बिसाउन र कार्यक्षेत्र छ...