इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको कारबाहीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको जानकारी गराएको हो । शनिबारदेखि सुरु गरिएको आक्रमणपछि अमेरिकी पक्षमा भएको यो पहिलो मृत्यु हो। सो घटनामा अन्य पाँच जना सैनिक गम्भीर घाइते भएका छन्। सेन्ट्रल कमाण्डका अनुसार मृत्यु भएका सैनिकहरूको नाम भने तत्काल सार्वजनिक नगरिने भएको छ ।