पहाड र हिमाली क्षेत्रमा आज होली, तराईंमा भोलि मनाइने

एकापसमा रङ खेली आज आज हिमाली एवं पहाडी जिल्लामा फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । तराईंका जिल्लामा भने भोलि मनाइनेछ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभ...