पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले भनेकी छन्, “युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँछु ।” उनले पर्व फागुपूर्णिमा (होली) को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुन...