प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आज प्रचार-प्रसार गर्ने अन्तिम दिन हो । फागुन २१ गते हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुनेछ । मौन अविध शुरू हुनुअघि आज दिनभर र साँझसम्म दल तथा उम्मेदवारहरूले अन्तिम प्रचार-प्रसारलाई तीव्रता दिनेछन् । आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि उम्मेदवार वा राजनीतिक दलबारे प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । मौन अवधिमा निर्वाचन प्रचारप्...