भारतले आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अन्तिम सुपर ८ खेलमा गएराति वेस्ट इन्डिजलाई हराउँदै भारतले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भारत छैटौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य भारतीय टोलीले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सन्जु सामसन नायक बने, जसले ५० बलमा ९७ रनको अविजित इनिङ खेले । सामसनलाई प्लेयर अफ द म्याच पनि घोषित गरिएको थियो । शुरूमै दुई विकेट गुमाएर भारतले खराब शुरूआत गरेको थियो। ओपनर...