मौन अवधिअघि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

 प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारीबारे जानकारी दिन नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गरेको छ । केन्द्रीय प्रचारप्रसार समितिका अनुसार मौन अवधि सुरु हुनुअघि पार्टीले आफ्नो निर्वाचन तयारी, अभियान र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने जनाइएको छ । बिहीबार हुने निर्वाचनका लागि आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ ।