प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कावासोती नगरपालिका–२ मा रहेको शिव नमूना माविमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर...